Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
युवा मोर्चा टुङ सन्तमेरिज समष्टिको सांगठनिक सभा सम्पन्न

युवा मोर्चा टुङ सन्तमेरिज समष्टिको सांगठनिक सभा सम्पन्न

खरसाङ, 31 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाको टुङ सन्त मेरिज समष्टि युवा मोर्चाको सांगठनिक सभा आज सिपाहीधुरामा सम्पन्न भयो। उक्त सभा युवा मोर्चा टुङ सन्त मेरिज समष्टिका सभापतिको अध्यक्षतामा सम्पन्न भयो।

सभामा क्षेत्रको विकास सँगसँगै मूल मुद्दालाई कसरी सुचारु रुपमा अघि लैजानु भन्ने विषयमा गहन विचार विमर्श गरियो। सभामा टुङ सन्त मेरिज समष्टिका विभिन्न शाखाबाट आएका प्रतिनिधिहरुले आ-आफ्नो सुझाउहरू राखेका थिए।

सभालाई गोजमुमो खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राई, युवा मोर्चा केन्द्रिय उपाध्यक्ष विकास खवास, युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान् छेत्री, महकुमा सचिव अरुण थापा लगायत विभिन्न शाखामा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali